|

काठमाडौं : अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले सात दिनभित्र जवाफ दिन आदेश दिएको छ। 

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अवहेलना मुद्दामा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अधिवक्ता दीपकराज जोशीले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्। 

नर्भिक अस्पतालले बनाएको अवैधानिक संरचना भत्काउने कार्य अदालतले अन्तरिम आदेशबाट रोकिदिए पनि बालेनले नक्सा पास नगरी बनाएका संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार संविधान संशोधन गरेर सर्वोच्चलाई नै दिनुपर्ने भन्दै सामाजिक संजालमा लेखेका थिए।

सोही प्रकरणमा अर्को पेसी तोक्न ढिलाइ भइरहेकोप्रति असन्तुष्टि जनाउँदै आफूलाई बुढो देखाउने तस्वीर शेयर गर्दै लेखेका थिए, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि!’ 

यही प्रकरणबाट अधिवक्ता जोशीले मेयर साहलाई अदालतको अवहेलना मुद्दामा कारबाही गर्न माग गर्दै मुद्दा हालेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.