|
फाइल

पाकिस्तानमा भारी वर्षापछिको बाढीले बितेको २४ घण्टा अवधिमा ३६ जनाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अनुसार एक हजार नौ सय ४१ जना घाइते भएका छन्।

पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण वर्षाबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मंगलबार साँझ प्रकाशन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जना घाइते भएका एनडिएमएले जनाएको छ। त्यसपछि दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा प्रान्त रहेको र यहाँ नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।

वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ। पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले जानकारी दिएको छ।

एनडीएमएनका अनुसार याे प्रकोप शुरु भएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ। हाल चार लाख ६२ हजार दुई सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन्।

यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एनडीएमए, अन्य सरकारी संगठन, गैरसरकारी संगठन र स्वयमसेवकको सहभागिता रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.