|

काठमाडौं : सामाजिक सञ्जाल भाइबरमार्फत नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लील भिडियो भाइबरमार्फत पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पूरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरिदिने भनी नाबालिकालाई मानसिक यातना तथा दु:ख, हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी सामाजिक सञ्जाल ईन्स्टाग्राम तथा बिगोमार्फत महिलालाई ब्ल्याकमेल गरी मानसिक यातना तथा दु:ख हैरानी दिएको अभियोगमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

ईन्सटाग्राम तथा बिगोमार्फत ती महिलालाई विभिन्न प्रलोभन देखाई अश्लीलता प्रदर्शन गर्न बाध्य पारी सोको स्क्रिन सट लिई आर्थिक लाभका लागि सामाजिक सञ्जालमा प्रसारण गरिदिने भन्दै ब्ल्याकमेल, मानसिक यातना तथा दु:ख हैरानी दिने कार्यमा संलग्न जेम्सलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.