|

काठमाडौंः प्रतिष्ठित फिल्म अवार्ड अस्कार(एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्स)को ९५ औँ संस्करणका लागि आवेदन खुलेको छ। अस्कारको नेपाल कमिटीले नयाँ संस्करणमा प्रतिस्पर्धा गर्न इच्छुकहरूका लागि आवेदन खुला गरेको हो। 

बिहिबार विज्ञप्ती जारी गर्दै अस्कारमा भाग लिन इच्छुक फिल्मकर्मीलाई भदौ १६ देखि ३० गतेसम्ममा फिल्म बुझाउन आग्रह गरिएको हो। २०२३ को मार्चमा आयोजना हुने अवार्डका लागि यस वर्षभित्र हल तथा अन्य डिजिटल प्लाटफर्ममार्फत प्रदर्शन भएका फिल्मले भाग लिन पाउनेछन्। सँगै कोरोना महामारीका कारण तोकिएको मितिमा प्रदर्शन हुन नसकेका फिल्मले पनि भाग लिन पाउनेछन्। 

तोकिएको समय भित्र प्राप्त फिल्म मध्ये एक फिल्म कमिटिले छनोट गरेर अस्कारको लागि पठाउनेछ। विमल पौडेलको अध्यक्षता रहेको उक्त कमिटिमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईँ र सामीप्यराज तिमल्सेना रहेको छन्। 

९४ औँ अस्कारमा 'कोडा'ले उत्कष्ट फिल्मको अवार्ड पाउँदा जापानी फिल्म 'ड्राइभ माइ कार'ले उत्कृष्ट विदेशी फिल्मको अवार्ड पाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.