विरोधजी बाधक बन्‍नुहुन्न, चुनावपछि हाम्रो पार्टी एउटै बन्छ : बिडारी

|

हेटौँडा : आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरसँगै देशैभरि चुनावी माहौल तातेको छ।

निर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरु आ–आफ्नै दलभित्र लविङ गरिरहेका छन्। मकवानपुरमा प्रदेशसभाको ४ र प्रतिनिधिसभाको २ वटा निर्वाचन क्षेत्र छन्।

प्रतिनिधिसभाको क्षेत्र नम्वर २ बाट नेकपा माओवादीका नेता रामनारायण बिडारीले दाबी गरिरहेका छन्। पूर्व राष्ट्रियसभा सदस्य तथा वरिष्ठ अधिवक्तासमेत रहेका बिडारीले आगामी निर्वाचनमा २ नम्वर क्षेत्रमा गठबन्धनबाट आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन्।

उनले दाबी गरिरहेको निर्वाचन क्षेत्र पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य विरोध खतिवडाको क्षेत्र हो।

खतिवडा उक्त निर्वाचन क्षेत्रबाट ४ पटक निर्वाचित  भएका छन्। त्यसैले उनले आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेपछि माओवादी नेता बिडारीलाई गठबन्धनबाट टिकट पाउन मुस्किल पर्ने देखिन्छ। त्यसैले बिडारीले खतिवडाले योपटक आफ्नो लागि २ नम्वर निर्वाचन क्षेत्र छोड्दिनुपर्ने बताएका छन्।

२०४८ सालमा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएर पराजित भएका बिडारी दुई दशकपछि पुनः प्रत्यक्ष निर्वाचनमा होमिने तयारीमा छन्। प्रस्तुत छ यिनै सन्दर्भमा नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीसँग थाहाकर्मी श्रीजना नेपालले गरेको कुराकानीको सम्पादित अंश :

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र  नम्वर २ मा तपाईको दाबी किन?

मकवानपुर जिल्लामा मैले २०३८ सालदेखि अनवरत रुपमा कहिले थाहा आन्दोलनको रूपमा, कहिले जनमुखी सहकर्मीको रूपमा, कहिले संयुक्त जनमोर्चाको हैसियतले त कहिले नेकपा एकता केन्द्रको हैसियतले र अहिले हाल नेकपा माओवादी केन्द्रको हैसियतले अटुट र अविरल रूपमा काम गरिरहेको छु। त्यसैले म २०४८ सालमा चुनाव लडेको थिएँ। त्यसपछि मकवानपुरमा प्रत्यक्ष चुनाव लडेको पनि छैन। तसर्थ मैले इच्छा व्यक्त गरेको हो।

२०४८ सालदेखि प्रत्यक्ष चुनाव नलड्नु भएको तपाई दुई दशकपछि गठबन्धन बलियो देखेर प्रत्यक्ष निर्वाचनमा होमिन खोज्नुभएको हो?

२०४८ सालमा म निर्वाचन लड्दा निटतम् प्रतिद्वन्द्वी भएको हो। त्यो बेलामा एमालेको अत्यन्तै क्रेज थियो। पञ्चायत ढलेपछि भर्खर एमाले पहिलोपटक चुनाव लड्दै थियो। त्यो  बेलामा म जनमुखी उम्मेदारको हैसियतले चुनावी पर्चा बेचेर लड्दा पनि निकटम् प्रतिद्वन्दी भएको थिएँ।

यसकारणले चाहे गठबन्धन होस्,चाहे गठबन्धन नहोस् प्रत्यक्ष रुपमा निर्वाचन लड्ने मेरो इच्छा हो। मैले २०७४ को चुनावमा पनि निर्वाचनमा भाग लिन पाऊँ भनेर अध्यक्ष कमरेड प्रचण्डलाई भनेको थिएँ। उहाँले योपटक तपाई प्रत्यक्ष नलड्नुस् भनेको कारणले गर्दा म उठिनँ। विरोध खतिवडाजी उठ्नुभयो। त्यस कारण अब यसपालि मेरो पालो हो। विरोध खतिवडाजी ०७४ मा उठ्नुभयो। 

बाधक त किन बन्नु? उहाँको पनि अधिकार हो, मेरो पनि अधिकार हो। उहाँ र मेरो बीचमा तालमेल हुनुपर्छ। पार्टीले सोहीबमोजिम निर्णय गर्नुपर्छ। किनभने उहाँ ४ पटक चुनाव लडिसक्नु भएको छ। एकपटक मलाई दिनुपर्यो भन्या न हो।

अब उहाँले मलाई पालो दिनुपर्छ। जित हार त जनताको कुरा हो। जनताले जिताउन हराउन दुवै सक्छन्। गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ। मकवानपुरे जनतासँग साक्षात्कार गर्ने मलाई इच्छा छ।

अहिले तपाईरू फरक दलबाट एउटै गठबन्धनमा हुनुहुन्छ। तपाईको लागि विरोध खतिवडा र समाजवादी किन हट्ने?

अघिल्लोपटक नेकपामा हामी सँगै हुँदा मकवानपुरको दुवै प्रतिनिधिसभाको सिट  एमालेलाई दिएको हो। एउटा कृष्णप्रसाद दाहाल र अर्को विरोध खतिवडाजी  प्रतिनिधिसभाको उम्मेदवार हुनुभयो।

हाम्रो पार्टी त्यो बेलामा प्रदेशमा मात्रै चुनाव लड्यो। यसपालि  प्रदेशमा  हाम्रो  साथीहरु चुनाव लड्छन् नै। प्रतिनिधिसभामा पनि एउटा सिट चाहियो भन्ने हाम्रो न्यायिक कुरा पनि हो। धेरै समय भइसक्यो हाम्रो साथीहरुले हसियाँ हथौडामा मतदान गर्न नपाएको, त्यस कारणले विरोधजीको पनि व्यवस्थापन हुन्छ, त्यसै त उहाँ पनि बस्नुहुन्न।

उहाँलाई पनि पार्टीले र गठबन्धनले व्यवस्थापन गर्छ। हाम्रो पार्टी एउटै हुने कुरा पनि छ। त्यस कारणले उहाँलाई व्व्यवस्थापन गर्दै चित्त बुझाएर मैले  उम्मेदवारी पाउनुपर्ने भन्ने मेरो प्रस्ताव हो।

त्यसो भए तपाईको उम्मेदवारीमा विरोध खतिवडा बाधक बन्नुभयो?

बाधक त किन बन्नु? उहाँको पनि अधिकार हो, मेरो पनि अधिकार हो। उहाँ र मेरो बीचमा तालमेल हुनुपर्छ। पार्टीले सोहीबमोजिम निर्णय गर्नुपर्छ। किनभने उहाँ ४ पटक चुनाव लडिसक्नु भएको छ। एकपटक मलाई दिनुपर्यो भन्या न हो।

 त्यस कारण आज गठबन्धन छ, भोलि पार्टी पनि एउटै हुन्छ। मैले जित्नु उहाँले जित्नु वा म उम्मेदवार हुनु उहाँ उम्मेदवार हुनु पार्टीलाई तात्विक फरक पर्दैन। तर, उहाँ धेरैपटक भइसक्नु भएकोले मैले पाऊँ भनेको हो। फेरि उहाँलाई देखेर भनेको होइन मेरो मागदाबी हो।

गठबन्धनको भागण्डा मिलाउन गठित कार्यदलले अघिल्लो निर्वाचनमा जुन दलले जहाँ जितेको छ, त्यो निर्वाचन क्षेत्र त्यह दलले पाउने भन्ने खाका बनाएको छ। त्योअनुसार क्षेत्र नम्वर २ मा त समाजादीको विरोध खतिवडाले नै पाउने देखिन्छ।  कसरी  मिल्छ ?

योभन्दा अगाडि भएकै कारण उहाँले मलाई दिनुपर्छ भनेको हो। गठबन्धनले तपाईंले भनेको जस्तो प्रारम्भिक खाका बनाउँदा स्थानीय निर्वाचनमा त्यस्तै गरियो। प्रतिनिधिसभामा यसरी जाऊँ भनेर पार्टी शीर्ष नेतृत्वले निर्णय गर्‍यो भने मिल्ने कुरा हो।

तपाईको दाबीलाई माओवादीले चाहि कसरी लिएको छ?

पार्टीले त व्यवस्थापन हुन्छ भनेको छ। पार्टीले मलाई निर्वाचनमा उम्मेदवार बनाउन चाहन्छ भन्ने मलाई विश्वास छ। मैले जिल्लाको नेताहरूसँग पनि एकपटक कुरा गरिसकेको छु।

पार्टीको प्रदेश बैठकमा पनि मैले कुरा राखिसकेको छु। सबै साथीहरू सकारात्मक र उत्साहित हुनुहुन्छ। उहाँहरु पनि पुरानो मान्छे भए पनि निर्वाचनमा नयाँ अनुहार हो भनेर खुसी हुनुहुन्छ।

पार्टीमा केही अप्ठेरो छैन, सबै सहज छ। अब गठबन्धनमा पनि एकपटक राम्रोसँग छलफल गरेर निर्क्योलमा पुग्नुपर्ने देखिन्छ।

तपाई र विरोध खतिवडाले दाबी गरेको क्षेत्रमा कांग्रेसको केन्द्रय सहमहामन्त्री डिना उपाध्यायले पनि दाबी गर्नुभएको छ। जिल्लामा २ वटा निर्वाचनमा क्षेत्र छ। तीनवटा दलले दाबी गरेको छ ,कसरी भागण्डा मिल्छ?

नेपाली कांग्रेस एक भाग सिटमा त चुनाव लड्छ नै होला। उपयुक्त पनि हुन्छ। कतिलाई समानुपातिकमा राख्न सकिन्छ। कोही दलले प्रदेशतर्फ ध्यान दिए पनि हुन्छ। वार्ता भइराखेको छ ,हामीबीचमा छलफल हुन्छ। यो कुरा मिल्छ भन्ने लाग्छ मलाई। गठबन्धनले जे निर्णय गर्छ त्यही गर्छौं।

माओवादीबाट अरू पनि आकांक्षी होलान नि?

आकांक्षा त सबै साथीहरुलाई छ। तर,उहाँहरुसँग कुरा मिलाइन्छ। हाम्रो दुईवटा निर्वाचन प्रणाली छ, समानुपातिक र प्रत्यक्ष। हामी आपसमा त्यो कुरा मिलाईहाल्छौ। कसको कहाँ  सम्भावना बढि हुन्छ ,त्यहाँ त्यही गर्छौं।

दुई दशकपछि तपाई प्रत्यक्ष निर्वाचनमा होमिन चाहनुको कारण के हो?

म एकपटक संविधान बनाउन र एकपटक राष्ट्रियसभामा गएँ। दुवैपटक समानुपातिक र मनोनीत भएर गएँ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने थाहा आन्दोलन गराउने जनमुखी राजनीतिबाट जनतालाई सुसूचित गराउने मलाई आफ्नो जन्मथलो, कर्मथलोमा प्रत्यक्ष रूपमा अनुमोदित भएर काम गर्न मन छ। फेरि मेरो यो अन्तिम चुनाव हो। अहिले उठेपछि योभन्दा पछि म चुनावमा उठ्दिनँ। अन्तिम एकपटक माओवादी पार्टीबाट यो क्षेत्रमा चुनाव लड्ने मेरो इच्छा हो।

अहिले चुनाव भड्किलो हुँदै गएको  छ। रुपचन्द्रले चुनावी पर्चा बेचेर चुनाव जित्नु भएको हो। हर्क साम्पाङले कसरी चुनाव जिते हामीले देखेको हो। बालेनले कसरी चुनाव जिते हामीले देखिरहेका छौँ। सामान्य रुपमा हाइफाई नगरी चुनाव लडेर जित्न पार्टीको लागि म उपयुक्त उदाहरण बन्न सक्छु।

माओवादीले त्यो क्षेत्रबाट चुनाव नलडेको पनि धेरै भयो। २०७० मा पनि नारायणकाजी श्रेष्ठ आउनुभयो। ०७४ मा उहाँ आउनुभएन र एमालेबाट विरोधजी उठ्नुभयो, हाम्रो पार्टी उठेन। प्रदेशसभातर्फबाट पनि यो क्षेत्रमा हाम्रो पार्टी उठ्न पाएको छैन। हाम्रो मतदाताले हसिया हथौडामा भोट नै हाल्न पाइरहेका छैनन् भन्ने गुनासो पनि छ।

पार्टीबाट यो क्षेत्रमा प्रतिनिधिसभामा जनताद्वारा प्रत्यक्ष रुपमा अनुमोदित हुने मेरो इच्छा हो। पार्टीबाट अरु कसैले इच्छा राखेर विश्वस्त बनाउनुभयो  भने म नै लड्नुपर्छ भन्ने पनि छैन। तर, यसपटक पार्टी यो क्षेत्रमा चुनाव लडोस् भन्ने मेरो अभिप्राय हो।

 

तपाई दुई दशकपछि प्रत्यक्ष चुनावमा होमिन खोज्दै हुनुहुन्छ। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचन हेर्दा अबको चुनाव पहिलाको भन्दा धेरै फरक हुने देखिन्छ। यस्तोमा तपाईलाई जनताले मत दिएर जिताउने आधार के हुनसक्छ?

म जनतामा स्थापित छु। हाम्रो पार्टी पनि त्यो क्षेत्रमा राम्रो छ। थाहानगरदेखि इन्द्रसरोवर, मनहरि, कैलाश, राक्सिराङ र हेटौंडाको जनताहरूसँग म सुपरिचित छु। त्यसकारण जनताले को मान्छे भनिराख्नु परेन। मेरो राजनीतिक इतिहास र पृष्ठभूमिको कारण पनि मलाई जनताले माया गर्दछन् भन्ने ठान्दछु।

दोस्रो कुरा चाहिँ हाम्रो पार्टीमा बफादार र इमान्दार कार्यकर्तामध्ये म पनि हुँ। मैले संविधान निर्माण गर्ने बेलामा खेलेको भूमिका, मैले कानुन बनाउँदा खेलेको भूमिका र अब सदनलाई कसरी गाइड गर्नुपर्छ भनेर खेलेको भूमिका, जनतासँग सम्बन्धित रहेको विषयलाई उठाएर कार्यान्वयन गराएको कुराको मूल्यांकन जनताले गर्नुहुन्छ भन्ने मेरो विश्वास हो।

अहिले चुनाव भड्किलो हुँदै गएको  छ। रुपचन्द्रले चुनावी पर्चा बेचेर चुनाव जित्नु भएको हो। हर्क साम्पाङले कसरी चुनाव जिते हामीले देखेको हो। बालेनले कसरी चुनाव जिते हामीले देखिरहेका छौँ। सामान्य रुपमा हाइफाई नगरी चुनाव लडेर जित्न पार्टीको लागि म उपयुक्त उदाहरण बन्न सक्छु।

अघिल्लो निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि प्रचण्डले चुनाव नलड्नु भन्नुभयो भने पछि हट्नुहुन्छ?

अध्यक्षले मलाई चित्त बुझाउनुभयो भने त मैले के भन्नु। तर, योपटक हाम्रै पार्टीले चुनाव लड्नुपर्छ भन्ने मेरो कुरा हो। विरोधजीले यत्ति कुरामा त्याग गर्नुपर्छ। उहाँको व्यवस्थापन गठबन्धनले गर्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.