|

पाल्पा : सिद्धार्थ राजमार्ग पहिरोले यात्रुले सास्ती व्यहोरेका छन्।  गएरातिदेखी अवरुद्ध भएको सडक अहिले एकतर्फि सुचारु भएको छ।  तानसेन-बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथिबाट लेदोसहितको पहिरो खसेको हो। 

राजमार्गनै भासिएका कारण केहि छिन सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले अहिले एकतर्फी सुचारू भएको छ। साना सवारी साधन मात्रै चलेका छन्। ठूला सवारीसाधन चल्न अझै समय लाग्ने छ। लेदोसहित पहिरो झर्ने क्रम रोकिएको छैन।

बिहिबार दिउँसो साढे ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। वैकल्पिक सडक निर्माण गरिएको थियो। केही समय एकतर्फी सुचारु भएपनि अविरल वर्षाका कारण फेरि पहिरो झरेको छ। भने राजमार्गसमेत भासिएको छ। पानी परिरहेएकाले पहिरो पन्छाउन समस्या भइरहेको थापाले बताए।

कयौं सवारी साधन रोकिएका छन्। टाढा टाढा पुग्ने सयौं यात्रु बिच बाटोमै अलपत्र परेका छन्। बिरामी बोकेका एम्बुलेन्स समेत बिच बाटोमै रोकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.