|

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।

राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए। जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम सिफारिस गरिने राप्रपा नेपाल मकवानपुरले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.