सञ्चालक भन्छन् – हामीलाई कानुन लाग्दैन सकेको गर्नुस्

|

रौतहट : डाक्टरको लापरवाहीले बालकको मृत्यु भएको भन्दै रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालिमा तोडफोड भएको छ।

सोमबार बिहान करिब साढे पाँच बजेको समयमा चन्द्रपुर नगरपालिका वडा नं–७ घर भएका रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीलाई समान्य ज्वरो आएर उपचारका लागि अस्पतालमा ल्याएको आधा घण्टामै ज्यान गएपछि स्थानीय आक्रोशित भएका थिए।

आक्रोशित स्थानीयले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको सिसा फुटेको छ। अस्पतालका डाक्टर सुवास चौधरीले भने, डाक्टरको लापारबाहीका कारण नभएर बालकमा पहिला नै इन्फेक्सन भएका कारण मृत्यु भएको  बताए।

मृतक बालकको शव पोस्टमार्टमका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छन्। घटनाबोरे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

के भन्छन् स्थान?

चन्द्रपुर अस्पतालका डाक्टरहरुकै लापरबाहीका कारण दिपेश माझी ज्यान गएको स्थानीय बताउँछन्। चन्द्रपुर नगरपालिका वडा नं–७ का वडाअध्यक्ष विष्णुप्रसाद उप्रेतीले भने, सामान्य ज्वरो लागेको बच्चालाई उपचारको क्रममा मृत्यु भएपछि डाक्टरको लापरबाहीले ज्यान गयो भन्दा अस्पतालका सञ्चालक सुबास चौधरीले के को लापरवाही कानुनमा जानुस् भनेर पठाएका थिए।

चौधरीले आफूलाई कानुन नलाग्ने बताएका थिए। चन्द्रपुर अस्पताल प्रालिका लापरबाहीका कारण कैयौँ बिरामीले ज्यान गुमाइसकेको अवस्था छ। नियमकारी निकायले कारबाही नगर्दा सो अस्पतालका सञ्चालक सुबास चौधरीको मानोमानी बढ्दै गएको हो। चौधरीले सो अस्पतालमा सिकारु डाक्टरलाई प्रेडिकलमा राखेर अस्पताल सञ्चालन गर्दै आएको छ।

चौधरीको पैसा असुल्ने धन्दा

राम्रै एरिया पाएका चन्द्रपुर अस्पताल प्रालिमा रिङ्गटा लाग्ने, टाउको दुख्ने, वाकवाकी हुने  जस्ता सामान्य  बिरामी आउनेबित्तिकै सिटिस्क्यान गरेर पैसा असुल्ने गरेको स्थानीयले बताएका छन्। सो अस्पतालमा सुत्केरी हुन आउने अधिकांश महिलालाई अप्रेसन गरेर बच्चा निकाल्ने गरेको स्थानीयको भनाइ छ।

सोमबार उपचारको क्रममा मृत्यु भएका दिपेश माझीको घटनामा सत्यतथ्य छनबिन गरेर दोषी डाक्टरलाई कारबाही गर्न स्थानियले माग गरेको छ। बिरामीका आफन्तहरुले बालकको उपचारमा लापरबाही गरेका चिकित्सकलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.