|

काठमाडौं : बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

बिहीबार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ।

बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ। बुधबार ८२ करोडभन्दा माथिको मात्रै कारोबार भएको थियो।

बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। जसमा वित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता, अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत घटेको छ।

नेप्से सामान्य गिरावट आए पनि ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको  १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.