|

काठमाडौं : मलेसियामा हत्या आरोपमा पक्राउ परेका एक नेपालीको मृत्युदण्डको सजाय परिवर्तन भएको छ। 

धनुषाको साविक गोविन्दपुर-२ का सुरज देव साह तेली कर्तब्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका थिए। इपो उच्च अदालतले सन् सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो। 

सो फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित पुनरावेदन अदालतले सजाय परिवर्तन गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। 

पुनरावेदन अदालतले बिहीबार गरेको फैसला अनुसार तेलीको कसुरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी १२ वर्ष जेल सजाय कायम गरिएको दूतावासले जनाएको छ।

सोही बमोजिम तेली बाँकी सजाय सकिएपछि नेपाल फर्कने दूतावासले उल्लेख गरेको छ। 

(हेर्नुस् दूतावासको वक्तब्य)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.