|

काठमाडौं : अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल सुपर लिग टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरी ब्रेट लीलाई मेन्टरमा नियुक्त गरेको हो। 

पहिलो पटक नेपाल आएका ब्रेट लीले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२०  को मेन्टर बन्न पाउँदा खुशी लागेको बताए।

‘मलाई नेपाल क्रिकेट खेल्ने राष्ट्र हो भन्ने जानकारी थियो। अहिले लिगको मेन्टर बन्न पाएकोमा खुशी लागेको छ‚’ उनले भने। उनले नेपालको क्रिकेट क्रेज मनपर्ने बताए। साथै उनले नेपालले देखाएको सद्‌भाव र सत्कार राम्रो लागेको बताए।

क्यानले आगामी ८ असोज देखि ५ कात्तिकसम्म पहिलो नेपाल टी-२० आयोजना गर्दै छ। प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो संस्करणमा कान्तिपुर क्यापिटल,  लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.