|
पुल्चोकको मदन स्मारक विद्यालय परिसरमा राखिएको पुराना सरसामान ।

काठमाडौं : काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्। काठमाडौं बस्तीहरुले भरिएको शहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खाली ठाउँ प्रायः शून्य छ।

खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुदद बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँ का त्यूँ छ। समस्या समाधानको बुटी फेला पर्न सकेको छैन। खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर, गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैन।

काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर विस्तारै हराउँदै र मेटिँदै गएका छन्। खुला ठाउँ कसले गायब बनायो यो शोधको विषय बन्नसक्छ। टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा।

तर, आज यी कुनै पनि ठाउँ खुला छैनन्। अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन्। बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ। खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन्। न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यिनै दृश्यहरु आजको फोटो फिचरमा।

                                                               चापागाँउको बज्रवाराही स्कूलको चौरमा राखिएका बसहरु ।

                                              भृकुटीमण्डपस्थित सिंहदरवारअगाडि रहेका प्लाष्टिकले छाएर बनाइएको अस्थायी टहरा ।

                               गोदावरीस्थित बोटानिकल गार्डेनसँगै जोडिएको चौरमा व्यापारीले बनाएका झुपडी ।

                                                लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।

                                           विश्व सम्पदा क्षेत्र पशुपति मन्दिर परिसरमा राखिएका गाडीहरु ।

                                  ललितपुरको धोविघाटस्थित मलपोखरी ।

                                      सिफल चौर अतिक्रमण गरेर फुटपाथ व्यापार गरिँदै ।

                                    सिफल चौरमा जमेको पानी र वरपर बर्षामा उम्रेको झार ।

                                                   तीनकुनेको घाँसे मैदान भलिवल खेल्ने खेलाडी र फुटपाथ पसले ।

                   टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.