|

काठमाडौं : टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  

पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।

पछिल्ला पाँच टी–२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन्।  पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा पराजित गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.