|

एसिया कप टी-२० क्रिकेटमा पाकिस्तानले आइतबार राति श्रीलंकाको सामना गर्दै छ।

समूह चरणको अन्तिम खेलमा पराजित भएको पाकिस्तान फाइनलमा बदलासहित आफ्नो तेस्रो उपाधिको लक्ष्यमा रहेको छ। दुबई अन्तरराष्ट्रिय मैदानमा बेलुका ७ः४५ मा शुरु हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका  र २ पटकको च्याम्पियन पाकिस्तान ८ वर्षपछि फाइनलमा भिड्न लागेका हुन्। यी दुई टिमबीच एसिया कपमा यो चौथो पटक फाइनल हुन लागेको हो।

श्रीलंकाविरुद्ध पाकिस्तान टी-२० अन्तरराष्ट्रिय क्रिकेटको हाबी भए पनि एसिया कपको फाइनलमा भने पाकिस्तानविरुद्ध श्रीलंकाको उपस्थित राम्रो रहेको  छ।

पाकिस्तान र श्रीलंकाबीच अहिलेसम्म कुल २२ भिडन्त हुँदा पाकिस्तानले १३ र श्रीलंकाले ९ खेलमा जित निकाल्न सफल भएका थिए। पछिल्लो पटक २०१४ मा भएको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई हराएको थियो।

त्यसअघि सन् १९८६ मा पनि भएको फाइनलमा श्रीलंकाले बाजी मार्दा सन् २००० मा भने पाकिस्तान विजयी भएको थियो।

दुबई अन्तरराष्ट्रिय मैदानमा एसिया कपअन्तर्गत भएका ८ खेलमा ६ टिमले लक्ष्य पछ्याउने क्रममा जित निकालेका थिए। भारतले भने हङकङ र अफगानिस्तानविरुद्ध पहिले लक्ष्य दिएर जित निकाल्न सफल भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.