|

काठमाडौं :  इन्टरनेट प्रदायक कम्पनी भायानेटले दशैँमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक अफर ल्याएको छ। 

यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्।

दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान  ९९९ प्रति महिनामा पाउन सकिन्छ। 

यो प्याकेजमा आउने डुअल ब्यान्ड ओएनयु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १–१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ। ग्राहकले मेस राउटर लिनका लागि ४ हजार र एमआई ४.ए राउटरको लागि १५०० डिपोजिट गर्नु पर्नेछ। 

साथै भायानेटले वार्षिक सदस्यतामा  १५० रुपैयामा प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.