|

सल्यान : बनगाड कुपिण्डे नगरपालिका-३ खानीगाउँकी ३६ वर्षकी रिमा बुढा विगत एक हप्तादेखि सम्पर्कविहीन छन्। भदौ १७ गते माइतदेखि बुढा बेपत्ता भएको बुवा खर्के पुनले बताए।

माइतबाट सल्लीबजार गएर बोइलरको दाना ल्याउँछु भनेर १५ सय रुपैयाँ लिएको र अहिलेसम्म नफर्किएपछि जतासुकै खोज्दा पनि नभेटिएको बुवा पुनले जानकारी दिए।

बुढा भारतको नासिकमा बस्दै आएको र  तीज मान्न भदौ १३ गते माइती आएकी थिइन्। आफन्त र छिमेकीको सहयोगमा सबै ठाउँमा खोज कार्य गर्दा पनि फेला पार्न नसकिएको आफन्तले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.