काठमाडौं : थाहाखबरले साताभरको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।
औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।
यो साताका तस्विर–
कस्तो छ कला? : मूर्तिलाई अन्तिम रूप दिँदै कालिगढ।
उन्मुक्त हाँसाे : बाल दिवसमा बालिकासँग हात मिलाउँदै काठमाडौं महानगरपालिकाकी उप-मेयर सुनिता डंगोल ।
भीआईपीले दिएको सास्ती : चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपालमा रहँदाको सवारी जाम।
निर्माण धमाधम : सिंहदरबारमा बन्दै गरेको सर्वोच्च अदालतको निर्माणाधीन भवन।
यात्रुको प्रतीक्षा: गोंगबुस्थित बसपार्कमा यात्रु कुरेका बस ।
खेलाडीको जाेश : साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध बल अगाडि बढाउँदै नेपाली खेलाडी।
मैदानमा मित्रता : साफ च्याम्पियनसिपमा फुटबल खेल्ने क्रममा लडेपछि साथीलाई उठाउँदै श्रीलंकाली खेलाडी।
तपाईंको ईमेल गोप्य राखिनेछ ।