काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।
भारत ५ पटकको साफ च्याम्पियन हो। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।
खेलमा नेपालको जित (तस्वीरमा):
तपाईंको ईमेल गोप्य राखिनेछ ।