‘ओलीकै कारण देशले स्थायित्व पाउन सकेन’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कुरालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्। 

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै उनले ओलीले निर्वाचनलाई परमादेशको संज्ञा दिएपछि प्रचण्ड ओलीप्रति आक्रोशित भएका हुन्। 

प्रचण्डले भने, ‘संविधान सभाबाट संविधान घोषणा गरिसकेपछि त्यसबाट राजनीतिक स्थायित्वको अपेक्षा थियो। तर, त्यस्तो हुन सकेन। संविधान सभा घोषणापछि ५ बर्ष सदन सुचारु गरेर समृद्धिको यात्रामा अघि बढ्ने अपेक्षा गरेका थियौँ। जनता र सदन सबैको तर दुभार्ग त्यस्तो हुन सकेन। तीन वर्ष नपुग्दै संविधानको मर्म अनुसार सरकार अघि जान सकेन।’

ओलीले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्दा नसुहाउने टिप्पणी गरे। 

उनले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेको होइन। संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो? उहाँले अहिलेको निर्वाचनलाई प्रतिगमनसँग जोड्नुभयो। त्यो कसरी तुलना गर्न मिल्छ। उहाँले यहाँ बसेकालाई केही थाहा छैन, जनता भेडा नै हो कि भन्ने लाग्छ कि के हो? 

आफूहरुले निर्वाचन गर्ने कुरालाई कहिल्यै प्रतिगमन नभएको बताए। पार्टीको विवादलाई संसदमा लागेर पोख्न नमिल्ने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.