|

सर्लाही : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टीले स्वस्थ युवाहरूलाई बेचेर देश चलाइरहेको आरोप लगाएका छन्।

सर्लाहीको हरिवनमा भएको बृहत् पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै अहिले रोजगारीको नाममा स्वस्थ युवालाई विदेशमा बेचेर देश चलाइरहेको आरोप लगाएका हुन्।

उनले आफूलाई ठूलो पार्टी भन्नेहरूले गरिब जनताको छोराछोरीले दु:खले कमाएर पठाएको रेमिट्यान्सको पैसाले मोज गरिरहेको बताएका छन्।

स्वस्थ युवालाई रोजगारीको नाममा विदेश जान बाध्य बनाएर अहिले देशलाई रोगी र वृद्धवृद्धाको आश्रम बनाएको आरोपसमेत लगाए। ठूला पार्टीका नेताहरूले गर्दा देशमा बेरोजगारी, भ्रष्टाचार र बेथिति बढेका बताए।

सर्लाहीबाट जितेर गएका मन्त्री र उच्च ओहदामा पुग्दा पनि सर्लाहीको विकासको नाममा सिन्को नभाँचेको भन्दै आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा राम्रा उम्मेदवार पहिचान गरेर मात्र मतदान गर्न सर्लाहीबासीलाई आग्रह गरेका छन्।

विभिन्न प्रलोभनमा परेर हामीले पटक पटक खराब व्यक्तिलाई जिताएर पठाउँदा आज हामीले दुख भोग्नु परिरहेको उनले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.