|

काठमाडौं : ललितपुरको धोबीघाटस्थित एक कबाडी ग्यारेजमा आगलागी हुँदा ३ जना घाइते भएका छन्।

धोबीघाट रिङरोडबाहिर रहेको बच्चा साहको कबाडी कारखानामा आज दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

घाइतेको अनुहार जलेको छ। घाइतेको उद्धार गरी उपचारको लागि स्टार अस्पतालमा लगिएको छ।

ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको ललितपुर प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.