|

काठमाडौं : तराई–मधेस लोकतान्त्रिक पार्टीले सङ्घीय संसद्बाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक समयावधिभित्र प्रमाणीकरण नभएकामा असन्तुष्टि जनाएको छ ।

पार्टीका अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी  विज्ञप्तिमा विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिबाट पालना हुन नसकेको भन्दै असन्तुष्टि जनाइएको हो।

विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा ६१ को ४ मा संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भन्ने उल्लेख छ। पुनः पारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।”

राष्ट्रपतिले विधेयक प्रमाणित नगरेको विषयमा सत्तारूढ दलहरूले पनि राष्ट्रपतिबाट संविधानको अपमान भएको संयुक्त विज्ञप्तिबाटै जनाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.