|

काठमाडौं : सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा पार्टी राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमबारे मौन बसेको छ। गठबन्धनको तर्फबाट जारी संयुक्त वक्तव्यमा जनमोर्चाले हस्ताक्षर गरेको छैन।

राष्ट्रपतिको भूमिकाको बिषयमा आफूहरू तटस्थ बस्ने अध्यक्ष चित्रबहादुर केसीले बताए।

उनले आफूहरू प्रतिगमनको विरोधमा मात्रै गठबन्धनमा सामेल भएको बताउँदै राष्ट्र हितविरुद्धका गतिविधिमा साथ दिन नसक्ने प्रष्ट पारे।

यसअघि सन्देशसहित राष्ट्रपतिले विधेयक फिर्ता पठाउँदा आफूहरुले स्वागत गरेको उनले बताए।

त्यसो त प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि मतदानको क्रममा पनि जनमोर्चाले विपक्षमा मतदान गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.