|
फाइल फोटो

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको प्रमाणीकरण रोकिनुको दोष राष्ट्रपतिको मात्रै नभएको निष्कर्ष निकालेको छ।

प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले विज्ञप्ति जारी गर्दै ‘गैरसंवैधानिक’ परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसद र राजनीतिक दलहरुले बोक्नुपर्ने बताएका हुन्। 

‘विधेयक राष्ट्रहितमा थिएन तर ५ वर्षसम्म नागरिकताजस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद रहेको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यसरी विधेयकलाई चुनावी एजेण्डाका रुपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास हो।’

नागरिकता विधेयकका लागि संसदीय समितिमा भएका छलफललाई अर्थहीन बनाएर नयाँ विधेयक ल्याउनु नै गल्तीको सुरुवात भएको पार्टीको निष्कर्ष छ।

‘त्यसपछि सत्तापक्षको बलमिच्याइँ तथा विपक्षी दलबाट राजनीतिक अभिष्ट पूरा गर्न गरिएको धुर्त्याइँले गल्ती थप जटिल भएको हो।’ विज्ञिप्तमा उल्लेख छ। 

राष्ट्रपतिबाट नागरिकतामा प्रादेशिक पहिचान र आमाको सम्मान लगायतका विषयमा दिइएका मननयोग्य सुझाव समेत वेवास्ता गरेर सत्ता पक्षको बलमिच्याइँ हावी रहिरहनुले यो परिस्थिति सिर्जना भएको प्रवक्ता ढकालको दाबी छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.