|

काठमाडौं : सत्ता गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरूले आज साँझ राष्ट्रपतिको पुत्ला दहन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी असंवैधानिक कदम चालेको भन्दै विरोधमा विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्।

सत्ता गठबन्धनमा  रहेका दलनिकट विद्यार्थी संगठन नेवि संघ‚ अखिल क्रान्तिकारी‚ अखिल समाजवादी र जसपानिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्। 

उनीहरूले राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट पुत्ला दहन गर्दै प्रदर्शन गरेका थिए।

विद्यार्थीले गरेको पुत्ला दहन र प्रदर्शन (तस्वीरमा):

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.