काठमाडौं : काठमाडौंको कपनमा आज साँझ भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ।
मृतकहरुको शव पहिचान भने हुनसकेको छैन।
राममन्दिर छेउको घरमा अक्सिजन प्लान्ट पड्केर आगलागी हुँदा ठूलो क्षति भएको हो। उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएको जनाइएकाे छ।
हाल आगो नियन्त्रण भइसकेको र खोज तथा उद्धारको काम जारी रहेको उपत्यका प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।