|

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आंशिक सेना परिचालनको घोषणा गरेपछि देशभर प्रदर्शन भएको छ। 

प्रदर्शनमा उत्रिएका सयौँ मानिसलाई प्रहरीले गिरफ्तार गरेको छ। रुसी मानवअधिकार संगठन ओभिडी–इन्फोका अनुसार गिरफ्तार हुनेको संख्या १ हजारभन्दा धेरै पुगेको छ। 

मस्को र सेन्ट पिटर्सबगमा सबैभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै साइबेरियाको इरकुत्स्क र याकातेरिबर्गमा दर्जनौँ मानिस पक्राउ परेका छन्। 

पुटिनले युक्रेन युद्धका लागि रिजर्ब सैनिकलाई ड्युटीमा बोलाउने र देशमा आंशिक रुपमा सैनिक परिचालन गर्ने घोषणा गरेका थिए।  पुटिनको घोषणापछि रुसबाट बाहिर जाने जहाजहरुमा बुकिङको दर ह्वात्तै बढेको देखिएको बीबीसीले जनाएको छ। 

रुसले सरकारी विरोधी प्रदर्शनमा सहभागी हुने र सहभागी हुन इन्टरनेटमार्फत् आह्वान गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने चेतावनी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.