|

काठमाडौं : धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। 

आज विहान विद्यालय जाँदै गरेका  ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गोरखाबाट काठमाडौं आउँदै गरेको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।

बालकको मृत्यु भएपछि स्थानीय र आफन्तले बसमा आगो लगाइदिएका छन्। उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.