|

काठमाडाैं : विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पदयात्रा हुने भएको छ। पर्यटकीय स्थलको खोजी गर्न पोखरा महानगरपालिका-१३, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा हुने भएको हो।

पर्यटकीय स्थलको खोजी गर्न असोज ११ गते बिहान ७ बजेदेखि काँहुखोला-भञ्ज्याङ - चिप्लेटी-बिहाडा-महाप्रभुधाम-मणिदिप-कसेरी हुँदै पदयात्रा सुरु हुने पोखरा महानगरपालिका वडा १३ अध्यक्ष किरण बरालले जानकारी दिए। उनका अनुसार पदयात्राको दूरी ८ देखि १० किलोमिटर हुनेछ।

स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा, पर्यटन व्यवसायी तथा वडावासीसहित करिब तीन सय पदयात्रीको सहभागी हुन सक्ने उनले बताए। पोखरामा पर्यटक स्थलीय धेरै भएकाले त्यस्ता स्थानको खोजी गर्न पदयात्राले सहयोग गर्ने उनको भनाइ 

‘पदयात्राले पर्यटकीय स्थानको खोजी गरी प्रचारप्रसार तथा संरक्षण गर्न थप प्रोत्साहन मिल्नेछ’ उनले भने। 

पदयात्रामा गैह्र आवासीय नेपाली संघकी अध्यक्ष रविना थापा समेतको उपस्थित हुने बरालले जानकारी दिए । 

त्यस्तै, उनले विभिन्न पर्यटन व्यवसायी तथा सामाजिक संघ संस्थाको सहभागी हुने जानकारी दिए। मुख्यगरी पर्यटन क्षेत्रमा काम गरेका मानिसको उल्लेख्य सहभागी रहने उनले विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.