|

काठमाडौं : संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष भीमबहादुर दर्लामीको निधनको शोकमा भोलि (शुक्रबार) गोकर्णेश्वर नगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द हुने भएका छन्।

बिहीबार प्याब्सन गोकर्णेश्वर, इसान, एनप्याब्सन गोकर्णेश्वर, निसान, नेपाल शिक्षक संघ गोकर्णेश्वर र नेपाल राष्ट्रिय शिक्षक संगठन गोकर्णेश्वरले संयुक्त सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

उनीहरूले ७ गते सञ्चालन हुने परीक्षा ८ गते शनिबार सञ्चालन गर्न आग्रह गरेका छन्। असोज ५ गते ४२ वर्षीय दर्लामीको निधन भएको थियो।

उनी गोकर्णेश्वर नगरपालिकास्तरीय परीक्षा समितिका सदस्य, एकता जेम्स इङ्लिस ऐकेडेमी, एकता जेम्स टेक्निकल फाउण्डेसन, युनिक बोर्डिङ स्कुल अर्घाखाचीका संस्थापक प्रधानाध्यापक थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.