|

रुकुमपूर्व : रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।

जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले थाहाखबरलाई जानकारी दिए।

मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । 

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.