|

काठमाडौं : बंगलादेशविरुद्ध आगामी साता दशरथ रंगशालामा तय भएको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ।

आगामी ११ असोजमा दशरथ रंगशालामा हुने खेलका लागि कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टिमको घोषणा गरेका हुन्।

हुमगाईले अनुभवी खेलाडी नवयुग श्रेष्ठ, भरत खवास तथा यु-२० टिमका कप्तान रहेका आयुष घलानलाई टोलीमा सहभागि नगराउँदा टोलीमा युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीले भने स्थान बनाएका छन्।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ,  विशाल श्रेष्ठ,  दीप कार्की,  विकेश कुथु

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डर: सुदिप गुरुङ,  तेज तामाङ,  सेसेहाङ आङदम्बे,  विशाल राई,  सुजल श्रेष्ठ,  सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.