|

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगातीमा फलामको पाइप खसेर लाग्दा समानान्तर कंक्रिट उद्योगका एक कामदारको मृत्यु भएको छ।

जगाती पुल नजिकै रहेको उद्योगमा काम गर्ने क्रममा करिव ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइपले लागेर बारबर्दिया नगरपालिका ७ का २४ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो।

बिग्रिएको पाइप मर्मत गर्ने क्रममा घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार सोही ठाउँका १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.