|

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ७ पुगेको छ।

६ जनाको घटना स्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।

दुर्घटनामा २४ जना घाइते भएका छन्। काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ ख ७८५८ नम्वरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो। ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्किएको छ।

घाइतेहरुको हेटौंडा र काठमाडौंका अस्पतालहरूमा उपचार भइरहेको छ। बस दुर्घटनाग्रस्त हुदा काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको प्रहरी प्रमुख गौत्तमले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.