Bangaladesh

|

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो। कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन्।

घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ समावेश छैनन् भने यसअघिका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन्।

घोषणा गरिएको टोलीमा नयाँ दुई अनुहारले स्थान बनाएका छन्। थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका हुन्।

यस्तै, टिममा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन्। प्रशिक्षणका दौरान डेंगीको संक्रमण देखिएपछि केही दिन रहेका तीन गोलकिपरसँग प्रशिक्षण गर्न नपाएको कारण सेफ ल्याण्डिङका लागि चार गोलकिपर राखेको प्रशिक्षक प्रदीप हुमागाईँले प्रस्ट पारे।

प्रशिक्षणको क्रममा गोलकिपरका अलावा अन्य खेलाडीमा पनि डेंगी भएको जानकारी दिइयो। डेंगी लाग्नेमा गौतम श्रेष्ठ, विकास खवास, भरत खवास, विशाल श्रेष्ठ, सुरज ज्यु ठकुरी रहेका थिए। नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज ११ गते मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपाली टोलीको विवरण
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक बिष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
फरवार्ड : विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अञ्जन बिष्ट, आशीष चौधरी  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.