काठमाडौं : नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता यही शनिबार हुने भएको छ।
विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित चार राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका)ले जानकारी दिइन्।
नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट दुई रेस्लर सहभागी हुनेछन्। जम्मा सात वडा भिडन्त हुनेछ। एकदिने प्रतियोगिताको खेल भृकुटीमण्डपमा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।