|

काठमाडौं :  पाकिस्तान र इंग्ल्यान्डबीच जारी ७ खेलको टी-२० सिरिजको दोस्रो खेलमा घरेलु टोली पाकिस्तानले १० विकेटको  जित निकालेको छ।

जितसँगै सिरिज १-१ को अवस्थामा पुगेको छ। इंग्ल्यान्डमाथि पाकिस्तानले घरेलु मैदानमा कीर्तिमानि जित निकाल्दा ओपनर बाबर अजामले नटआउट शतकिय इनिङ्स खेले।

कप्तान बाबर र मोहमद रिजवानले टी-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य भेटाउने क्रममा  विना विकेट जित हासिल गरे। यी दुईले लक्ष्य भेटाउने क्रममा विकेट नगुमाइ सर्वाधिक ठूलो लक्ष्य चेज गर्ने कीर्तिमान बनाए।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो। जवाफमा पाकिस्तानले ३ बल बाँकी हुँदा विकेट नगुमाई २०० रनको लक्ष्य पुरा गर्दै दोस्रो पटक कीर्तिमान १० विकेटको जित हासिल गर्‍यो। पाकिस्तानले यसअघि २०२१ को विश्वकपमा भारतलाई १० विकेटले हराएको थियो।

पाकिस्तानको जितमा बाबरले ६६ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १ सय १० रनमा अविजित रहँदा उनलाई रिजवान ५१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८८ रनमा अविजित रहेर साथ दिए।

यी दुईले कुनैपनि टी-२० अन्तर्राष्ट्रियमा गरेको यो सर्वाधिक ठूलो अविजित साझेदारी हो। उनीहरुले अविजित २ सय ३ रनको साझेदारी गरेका थिए। यसअघि २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय ९७ रनको साझेदारी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.