|

काठमाडौं :  काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई साइनबोर्ड अर्थात् परिचय पाटी शूल्क बुझाउन उर्दी जारी गरेको छ। 

महानगरले आज एक सूचना जारी गर्दै केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएको भन्दै  ३० दिनभित्र बुझाउन अल्टिमेटम दिएको हो। 

तोकिएको अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा महानगरपालिकाले  तत्काल  हटाउने सूचनामा भनिएको छ। 

महानगरले ३० वर्ग फुटभन्दा माथिको परिचय पाटी राख्न निषेध गरेको छ। ६ वर्ग फुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए वार्षिक ५ सय शुल्क बुझाउनु पर्ने छ। 

यस्तै १५ वर्ग फुटसम्म १५ सय  र ३० वर्ग फुटसम्म प्रति वर्ग फुट १ हजार रुपैयाँका दरले शुल्क लाग्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.