|

काठमाडौं : युईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राति भएका खेलमा साविक च्याम्पियन फ्रान्सले आफ्नो समूहमा पहिलो जित निकाल्दा बेल्जियम र नेदरल्यान्ड पनि विजयी भएका छन्।

घरेलु मैदानमा बेल्जियमले बेल्सलाई २-१ ले पराजित गर्दा स्टार स्ट्राइकर केभिन डि ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एक गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। समूह डिकै अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई हराउँदै अपराजित रुपमा शिर्ष स्थानमा रह्यो।​

ब्रसेल्समा भएको खेलमा बेल्जियमले १० औ मिनेटमा डि ब्रुएनको गोलबाट अग्रता लिएको थियो। अर्को गोल ३७ औ मिनेटमा मिचे बात्सुईले गरेका थिए। जितसँगै बेल्जियम १० अंकका साथ दोस्रो स्थानमा रह्यो।

त्यस्तै समूहको शिर्ष स्थानमा रहने क्रममा नेदरल्यान्डले पोल्यान्डलाई २-० ले पराजित गर्‍यो। नेदरल्यान्डको जितमा गाक्पो र बेरग्विन्जले समान १-१ गोल गरेका थिए।

त्यस्तै बिहिबार राति नै भएको समुह ए को खेलमा फ्रान्सले अस्ट्रियालाई २-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ५६ औ मिनेटमा एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो। जिरुडले ६५ मिनेटमा सानदार हेड गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए।​ यस्तै क्रोएसियाले डेनमार्कलाई १-० ले हरायो । 

नेसन्स लिग अन्तर्गतनै भएका अन्य खेलमा काजिकिस्तानले बेलारुसलाई २-१, मोल्डोभाले लातिभियालाई २-१, अजरबैजानले स्लोभाकियालाई २-१ र एन्डोराले लिक्टेन्सटाइनलाई २-०ले पराजित गरेका थिए।

त्यस्तै लिथुनिया र फारो आइसल्यान्डले १-१ गोलको बराबरी खेल्दा टर्की लक्जेमबर्गसँग ३-३ गोलको बराबरीमा रोकियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.