|

काठमाडौं :  दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्। काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। नेपालीहरुको महान चाड बडा दशैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्रायः छन्।

केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ। गत वर्षहरुमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरे पनि यसवर्ष भने कम मात्रै आइरहेको उनीहरुले बताए।

कोरोना महामारी पछि व्यापार व्यवासायहरु राम्रोसँग फस्टाउन सकेको छैन। साथै नेपालीहरुले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन्। यस वर्ष कोरोना महामारीको असर कम रहेपनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ। चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरु दिनप्रतिदित बढीरहेका छन्। जसका कारण पनि आम मानिसहरु बजारमा त्यत्ति देखिँदैनन्।

साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानकाक लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रुपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आँकलन गर्न सकिन्छ। कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरुको चहलपहल कम भएको हुनसक्ने बताउछन् न्युरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही।

उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष कमैमात्र व्यापार भएको बताउनु भयो। त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आउनुभएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन। सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्नपनि हम्मेहम्मे परेको बताउनु भयो। उहाँले विगतका वर्षहरुमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरेको बताए।

दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरु अहिले समस्यामा परेको बताए। कोरोना भाइरस र बढ्दो डेंगुका कारण पनि नागरिकहरु घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्किएका छैनन्। ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरेपनि त्यसमा ग्राहकको आकर्षण कम देखिएको छ।

 केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.