|

काठमाडौं :  काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार  अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो। 

धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।

महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।   

सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पनि पाइएको छ। महानगरले करिब एक महिनादेखि  अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ। 

(हेरौं केही तस्वीर)


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.