|
१३ महिनादेखि बेपत्ता कमानबहादुर खत्री (बायाँ)। उनको तस्वीर बोकेकी पत्नी शान्ता डाँगी (दायाँ)।

दाङ : दाङको बबई गाउँपालिका-७ डाँडागाउँका ५१ वर्षीय कमानबहादुर खत्री १३ महिनादेखि बेपत्ता छन्। २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट हिँडेका खत्री अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्।

वर्ष दिन पुग्दासमेत उनी सम्पर्कमा नआएपछि अहिले घरपरिवार चिन्तित भएको छ। उनको खोजीका लागि उनकी पत्नी शान्ता डाँगी जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत जानकारी गराएकी छन्। तर आजसम्म पतिको कुनै पत्तो लाग्न नसकेको श्रीमती शान्ताले बताइन्।

‘उहाँको खोजीका लागि के के गरिनँ,’ उनले भनिन्, ‘सबै ठाउँ पुगिसक्यौँ। अझै पत्ता लागेको छैन‚’ पति घरबाट भारतको गोवा जाने भनेर हिँडेको उनले बताइन्। उनका अनुसार तुलसीपुर पुग्दासम्म सम्पर्क भएको र त्यसपछि कहाँ जानुभयो भन्ने पत्तो लागेको छैन।

भारत पुगेपछि मोबाइल किन्ने भन्दै उनले मोबाइलसमेत लगेका थिएनन्। घरको फोन नम्बर भने लिएर गएको भए पनि अहिलेसम्म कुनै जानकारी नपाएको उनको भनाइ छ।

उनले आफ्ना पतिलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१४०६३२४१ अथवा ९८१०९५२२०६ मा जानकारी दिनसमेत आग्रह गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.