|

काठमाडौं : निर्वाचन आयोगले यही असोज २० गतेभित्रमा सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।

शुक्रबार आयोगले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगमा दिनुपर्ने बताएका छन्।

त्यस्तै,कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई आयोगले  आग्रह गरेकाे छ।

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.