‘हामीसँग एक्लै चुनाव लड्ने हुति नभएकाले गठबन्धन गरे’

|
फाइल तस्वीर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्। एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिरसमेत गरे।

राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको दाबी पनि उनले गरे।

उनले भने, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर पार्न सकेका छैनन्। अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाबिला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ। गठबन्धनको यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ‚ एमालेको भेलले बगाउँछ।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियान अगाडि बढाउन सक्ने दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.