|
फाइल तस्वीर

काठमाडौं : पिसाबमा संक्रमण र डेंगु देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका छन्। 

अस्पतालले उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ। अस्पतालका अनुसार केही दिनयता कमजोरी महसुस भएको, भोजन नरुच्नेजस्ता समस्या उनमा देखिएको शुक्रबार जोशीको निवासमा पुगेको अस्पतालको टोलीले पाएको थियो। 

अस्पतालबाट गएको टोलीले उनलाई ल्याएर इमर्जेन्सीमा भर्ना गरेको हो। अस्पतालले उनलाई मेडिसिन, पल्मोनोलजी, युरोलजी, कार्डियोलजी, नेफ्रोलजीलगायत विभागका डाक्टरले संयुक्त परीक्षण गरेको जनाएको छ।

किस्ट अस्पतालले जोशीलाई छाति तथा मुटुको समस्या पुरानो समस्या रहेको‚ उनको पिसाबमा समस्या देखिएको र डेंगु पनि देखिएको जनाएको छ।

ललितपुरको किष्ट शिक्षण अस्पतालले जोशी र उनकी पत्नी राधादेवीको स्वास्थ्य उपचारको जिम्मेवारी वहन गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.