|
प्रहरीले सार्वजनिक गरेका आरोपीहरू।

इलाम : स्थानीय गुण्डा नाइके एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-४ का शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, झ्याम्ले भन्ने नरेशकुमार याखा, अभिषेक केरुङ, सेसे भन्ने सेसेयाङ याखा, सन्तु भन्ने चन्द्रकुमार यवा, डम्बर यवा, टिका भन्ने नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन्।

पक्राउ परेकाहरूलाई म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसरी भएको थियो हत्या

गत वैशाख ५ गते अपराह्न ५ बजेको समयमा चुलाचुली गाउँपालिका-५ बुकुवास्थित रहेको दमक नगरपालिका र चुलाचुली गाउँपालिका जोड्ने रतुवा खोलाको झुलुङगे पुलनजिक गुरुङको हत्या भएका थिए। प्रहरीले विभिन्न स्थानमा लुकेर बसेका ९ जनालाई पक्राउ गरेको हो।

दमक नगरपालिका-३ बेल्डागीस्थित भुटानी शरणार्थी शिविर क्याम्प बस्ने ४४ वर्षीय गुरुङलाई १०/१२ जना अपरिचित व्यक्तिले खुकुरी, ढुंगा प्रहार गरि खुट्टाको छेपारी, घुँडा र दाहिने कुममा काटी गम्भीर घाइते बनाएर फरार भएका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डको टोलीले घाइते गुरुङलाई उपचारको लागि लाइफलाइन अस्पताल पठाएका थिए। लाइफलाइनमा सामान्य उपचारपछि बिएन्डबि अस्पतालमा थप उपचारको क्रममा गुरुङको मृत्यु भएको इलाम प्रहरीले जनाएको थियो।

प्रहरी उपरीक्षक दिलिप घिमिरेको नेतृत्वमा प्रहरीले अनुसन्धान गर्ने क्रममा मृतक एलबि भन्ने लालबहादुर गुरुङसंँगै घट्नास्थलमा २ वटा मोटरसाईकलमा जिल्ला इलाम चुलाचुली गाउँपालिका-३ बस्ने राकेश फियाक, दमक नगरपालिका-३ बेल्डाँगी क्याम्प बस्ने प्रदिप तामाङ र नरबहादुर राईसमेत गएको जानकारी पाएपछि थप अनुसन्धानका क्रममा १२ जनाको नाम खुलेको थियो।

घटनाभन्दा ३ दिनअघि मृतक गुरुङले हत्यामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकको भाई सुजन तुम्रोकलाई कुटपिट गरेका थिए। सोही घटनाको बदला लिन आरोपीहूले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको प्रहरीले जनाएको छ।

मृतकको स्थानीय चोर दावा भन्ने दावा तामाङसँग पहिलेदेखि नै रिसइबी रहेको थियो। मृतकले तामाङको खोजी गरिरहेकोमा उनको हत्यामा संलग्नहरूले ‘हामीले पक्राउ गरेका छौं आउनु’ भनी मृतककी श्रीमतीको मोबाइलमा सम्पर्क गरी घटनास्थलमा बोलाएको देखिएको घिमिरेले जानकारी दिए।

प्रहरीले घटनास्थलमा मृतकलाई प्रहार गरिएको रगतजस्तो रातो लागेका ढुंगाहरू, रगतजस्तो रातो पदार्थका छिटा फेला पारेको थियो।

घटनापछि झ्याम्ले भन्ने नरेशकुमार याक्खाले घरमा लगेर राखेको र निजको भाउजुले मिल्काइदिएको दापसहितको खुकुरी उनकै घरपछाडिको खेतबाट भिजेको अवस्था फेला पारेको थियो।

मृतकले घटनास्थलसम्म चढेर आएको को १९ प ३७२५ नम्बरको मोटरसाईकल दुवै टायर काटी लडाएर फालेको अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.