|

काठमाडौं : अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ। 

नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। 

अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए। 

९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। भारतका लागि रोहित शर्माले नटआउट ४६ रन जोडे। यो सँगै भारत र अस्ट्रेलियाबीचको तीन खेलको टी–ट्वेन्टी सिरिजमा १–१ को बराबरी भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.