|

काठमाडौं :  विश्वकप अघिको मैत्रिपुर्ण खेलमा उपाधि दाबेदार ब्राजिलले घानालाई ३-० ले पराजित गरेको छ। 

कतार विश्वकपको तयारीमा रहेको ब्राजिलले फ्रान्समा भएको खेलमा रिचार्लीसनको दुई गोलमा सहज जित निकाल्यो। ब्राजिलले सबै तीन गोल पहिलो हाफमा गरेको थियो। २८औं मिनेटमा रिचार्लीसनले नेयमारको पासलाई सदुपयोग गर्दा तेस्रो गोलपनि ३९औं मिनेटमा नेयमारकै पासमा रिचार्लीसनले संभव बनाएका थिए।

ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। अब ब्राजिलले ट्युनिसियासँग अर्को मैत्रिपुर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

ब्राजिलले कतार विश्वकपमा सर्विया, स्विटजरल्यान्ड र क्यामरुनसँग समूह जि मा रहेर प्रतिस्पर्धा गर्ने छ। आफ्नो पहिलो खेलमा ब्राजिले २४ नोभेम्बरमा सर्वियासँगको खेल्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.