|

काठमाडौं : नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री बालकुष्ण खाणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको बताएका छन्। 

भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको शनिबार उद्घाटन गर्दै उनले सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैँ त्याग गर्नुपर्ने बताएका हुन्। 

‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो।’उनले भने, ‘तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ।’

सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे। 

नेपाली कांग्रेसमा पछिल्लो समय टिकट वितरणमा न्याय गर्न माग गर्दै संस्थापन इतर पक्षले निरन्तर नेतृत्वलाई दबाब दिँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.