|

अभिनेता सनी देओल बलिउडमा प्रवेश गरेको झण्डै चार दशक भयो। सन् १९८३ को ‘बेताब’बाट फिल्ममा डेब्यु गरेका उनले धेरै हिट फिल्म दिएका छन्। ‘घायल, गद्दार, जिद्दी, इण्डियन, अर्जुन पण्डित’ आदि उनका हिट फिल्मका उदाहरण हुन्। 

सयको हाराहारीमा फिल्म खेलेका उनी पछिल्लो एक दशकदेखि एउटा हिट फिल्मको पर्खाइमा छन्। सन २०११ मा प्रदर्शनमा आएको ‘यमला पगला दिवाना’ उनको पछिल्लो हिट फिल्म हो। त्यसपछि ‘यमला पगला दिवाना’कै अरू दुई भाग, ‘आई लभ न्यु इयर, पोस्टर बोइज, घायल वन्स अगेन’ लगायतका दश फिल्ममा अभिनय गरे जसमा कुनै पनि फिल्म बक्स अफिसमा सफल हुन सकेन। 

उनको पछिल्लो फिल्म २०१९ को ‘ब्ल्यांक’ हो। एक्सन थ्रिलर जनरामा बनेको उक्त फिल्मले बक्स अफिसमा मुश्किलले लगानी मात्रै उठाउन सकेको थियो। त्यसपछि आफ्ना छोरालाई लिएर पल पल दिलके पास नामक फिल्म निर्देशन पनि गरे जुन फ्लप सावित भयो। 

तीन वर्षपछि अर्काे थ्रिलर फिल्म ‘चुप’ मार्फत सनी फेरि पर्दामा देखिएका छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन औसत व्यापार गरेको छ। १० करोडमा बनेको फिल्मले पहिलो दिन ३ करोडको कमाइ गरेको छ। दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको फिल्मले जम्मा कति कलेक्सन गर्छ, सनीकाे पर्खाइ सकिन्छ या सफल फिल्मकाे लागि अझै पर्खनुपर्छ त्यो भने हेर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.